माछापुच्छ्रे बैंक बन्यो यो बर्षको पहिलो साधारणसभा बोलाउने बैंक, यस्ता छन् एजेण्डाहरु

२१ आश्विन २०७८, बिहीबार १२:२८

काठमाडौं । माछापुच्छ्रे बैंकले २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले आगामी कात्तिक २६ गते शुक्रबार भर्चुअल माध्यमबाट सभा डाकेको हो । योसँगै माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा साधारणसभा बोलाउने पहिलो बैंक बन्न सफल भएको छ ।

बैंकलाई शेयरधनीलाई सञ्चित नाफाबाट १ अर्ब २० करोड बोनस शेयर र ६ करोड ३३ लाख रुपैयाँ नगद लाभांश गरी जम्मा १ अर्ब २६ करोड रुपैयाँ लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले शेयरधनीहरुलाई चूक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र ० दशमलव ७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।सभा प्रयोजनको लागि कार्तिक ७ गते बुक क्लोज हुने भएको छ। त्यसैले कात्तिक ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांशका हकदार हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*