आज शेयर कारोबार बन्द, आईतबार मात्रै खुल्ने

२१ आश्विन २०७८, बिहीबार १२:१८

काठमाडौं । घटस्थापना दिन सार्वजनिक बिदाको दिन आज शेयर कारोबार बन्द भएको छ। सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेकोले शेयर कारोबार पनि बन्द रहने भएको हो ।

घटस्थापना दशैको पहिलो दिन हो । दशैँ सुरु भएकोले अब असोज महिनामा अब ३ दिन मात्र शेयर कारोबार हुने छ । अब असोज २४ गते २५ गते तथा असोज ३१ गते शेयर कारोबार हुने छ ।सरकारले दशैँको लागि घटस्थापनाको दिन र असोज २६ गते मंगलबार फूलपातीको दिन देखि असोज ३० गते शनिवार एकादशीको दिनसम्म सरकारले बिदा दिने घोषणा गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*