सुनको भाउ ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२१ आश्विन २०७८, बिहीबार ११:५१

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। चाडपर्वको सुरुवातसँगै सुनको भाउ अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ४०० ले घटेको सुनको भाउ बिहीवार रू. ५०० ले बढेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ९५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ४५० मा कारोबार भएको थियो ।

बिहीवार चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार १ सय ७० रुपैयाँमा मूल्यमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*