बिओके क्यापिटल मार्केटको छैटौँ वार्षिक साधारणसभा सम्पन्न , १८ प्रतिशत लाभांश प्रस्ताव पारित

२१ आश्विन २०७८, बिहीबार ०६:०६

काठमाडौं ।  बिओके क्यापिटल मार्केटको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

क्यापिटलले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित गरेको छ। क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी रु. २१ करोडको १८ प्रतिशतका दरले हुने रकम रु. ३ करोड ७८ लाख नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरु पनि अनुमोदन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*