नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता

२० आश्विन २०७८, बुधबार १९:३४

काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सबीच बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका सिईओ रविचन्द्र गुरुङबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।सम्झौताअन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लोकल बैंक ग्यारेन्टीलगायतका सुविधा उपलब्ध गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*