मध्य भोटेकोशीको आईपीओमा पहिलो दिनमै ५ लाख बढीको आवेदन

२० आश्विन २०७८, बुधबार १८:१०

काठमाडौं । मध्य भोटेकोशीको आईपीओमा पहिलो दिनमा नै ५ लाख बढीको आवेदन परेको छ। कम्पनीले निष्काशन गरेको आइपीओमा पहिलो दिनमै ५२ हजार १६७ वटा वटा आवेदन परेको छ ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार साँझ पाँच बजेसम्ममा उल्लेखित आवेदनबाट ८८ करोड ९१ लाख ९७ हजार मूल्यका ८८ लाख ९१ हजार ९७० कित्ता शेयर माग परेको हो ।जुन सर्वसाधारणबाट माग गरेको भन्दा ७ लाख १ हजार ९७० कित्ता धेरै हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*