आइएमई लाइफले मृतकको परिवारलाई दियो बीमा दाबी वापतको रकम

२० आश्विन २०७८, बुधबार १६:२०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानीको रकम हमस्तान्तरण गरेको छ। कम्पनीले मृतक कालु डगौराको परीवार ४ लाख १६ हजार ९ सय १ रुपैयाँको मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीको अत्तरीया शाखाले हिजो एक कार्यक्रमका बीच मृत्यु दाबी भुक्तानी गरेको हो । २ लाखको बीमा गरेको २ बर्ष मै बिधुतिय करेन्ट द्वारा असामहिक निधन भएका यस कम्पनीका बिमित स्व. कालु डगौराको परीवार लाई सुदुरपश्चिमका प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सिना , वडा अध्यक्ष जयनारायण जोशी तथा शाखा प्रमुख लक्ष्मण महता ज्यु द्वारा मृतकको परीवार शान्ति डगौरा लाई ४ लाख १६ हजार ९ सय एक रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सिना ज्युले जिबन बिमाको मह्त्व ,आवश्यक्ता र बीमाले राष्ट्रको लागि पुर्याएको योग्दान बारे प्रष्ट पार्दै सबै लाई जीवन बिमा गर्न सुझाब दिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*