नेप्से ६८ अंकले बढ्दा १९ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

२० आश्विन २०७८, बुधबार १५:३१

काठमाडौं । नेप्से ६८ दशमलव ४७ अंकले बढेर २६८१ दशकलव ११ को विन्दुमा कायम भएको छ। आज २ सय २७ कम्पनीको शेयर सूचीकृत हुँदा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज साढे ५ अर्ब माथि भएको हो । आज शेयर बजारमा हरीयलाी छाँउदा १९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सिटिजन बैंकको आज सर्वाधिक कारोबार भएको छ । बैंकको २३ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआईसी एशिया लघुवित्त, निर्धन उत्थान लघुवित्त, हिमालय डिस्टीलरी, छिमेक लघुवित्त, नेपाल बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

आज बेष्ट फाइनान्स, प्रोगेसिभ फाइनान्स, ग्रामिण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, सर्पाट माइक्रोफाइनान्स, समुदायिक लघुवित्त, सबैको लघुवित्त, मैलुङ खोला जलविद्युत, उन्नति सहकार्य लघुवित्त, माहालक्ष्मी बैंक, मिर्मिर माईक्रोफाइनान्सको सकारत्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीहरुमा रिडि हाईड्रोपावरको २.१६ प्रतिशत अकं, ङादी गु्रप पावरको १.४६ प्रतिशत अकं, प्रभु बैंक डेबेञ्चरको ०.७७ प्रतिशत अकं र लक्ष्मी उन्नती कोषको ०.७० प्रतिशत अकंले घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*