नेप्सेमा हरीयाली छाँउदा , लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण

२० आश्विन २०७८, बुधबार १५:२७

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६८ दशमलव ४७ अकंले बढ्दा कारोबार साढे ५ अर्ब माथि भएको हो ।

आज बेष्ट फाइनान्स, प्रोगेसिभ फाइनान्स, ग्रामिण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, सर्पाट माइक्रोफाइनान्स, समुदायिक लघुवित्त, सबैको लघुवित्त, मैलुङ खोला जलविद्युत, उन्नति सहकार्य लघुवित्त, माहालक्ष्मी बैंक, मिर्मिर माईक्रोफाइनान्सको सकारत्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीहरुमा रिडि हाईड्रोपावरको २.१६ प्रतिशत अकं, ङादी गुप्र पावरको १.४६ प्रतिशत अकं, प्रभु बैंक डेबेञ्चरको ०.७७ प्रतिशत अकं र लक्ष्मी उन्नती कोषको ०.७० प्रतिशत अकंले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*