कामना सेवा विकास बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न पाईने

२० आश्विन २०७८, बुधबार १३:३४

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा संचालनमा ल्याएको छ । बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज र सरल रुपमा अनलाईन मार्फत डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्ने छन् ।

बैंकमा खाता नभएका ग्राहकहरुलाई उच्चतम ब्याजदर सहितको बैंकको नयाँ शुभलाभ लगानी बचत खाता खोली अनलाईन डिम्याट सुविधा उपभोग गर्न पाउने भएका छन् । जस अन्तर्गत ग्राहकहरुले पहिलो बर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैंकिङ तथा लकर सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*