तरलता अभाव भएपछि २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

२० आश्विन २०७८, बुधबार १३:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत उक्त रकम बैंकहरुमा पठाउन लागेको हो ।

बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले असोज २० गते आज वित्त बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको हो। केन्द्रीय बैंकले दुइ हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो।केन्द्रीय बैंकले १४ दिनमा कार्तिक ३ गते परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बुधबार ३ः१५ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन्।

वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालिन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ। गत साता मात्रै केन्द्रीय बैंकले ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*