ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत लाभांश प्रस्ताव

२० आश्विन २०७८, बुधबार १२:०१

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको असोज १९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीले २८ प्रतिशतले १२ करोड ८ लाख ७८ हजार ९१५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाए पश्चात र कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*