सांग्रिला बैंकद्धारा लाभांश घोषणा

२० आश्विन २०७८, बुधबार १२:००

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले लाभाशं घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैंठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाए पश्चात र कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*