सिटिजन्सको बैंकको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२० आश्विन २०७८, बुधबार ११:४५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २० गते ) अन्तिम दिन रहेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो ।

असोज २१ गते घटस्थापनाको कारण बजार बन्द हुने भएकाले असोज २० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । बार्षिक साधारण सभाको मिति तय नगरेको बैंकले गत आर्थिक बर्षमा कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज ८ गते बसेको संचालक समितिको बैंठककले कायम चूक्तापूजीकोे १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकको हालको चुक्तापूजीको १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ ।

चूक्तापूजीको आधारमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाए पश्चात बैंकले आगामी साधारण सभाले पारित गरे पछि उक्त लाभांश वितरण गर्ने भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*