साढे दुई महिनापछि वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढ्यो

१९ आश्विन २०७८, मंगलवार २०:०५

काठमाडौं । असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको छ। बैंकर्स एशोसियसनले प्रकाशन गरेको वाणिज्य बैंकहरुको साप्ताहिक रिर्पोटले यस्तो देखाएको हो ।भदौ मसान्तको तुलनामा असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको हो । भदौमा ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले असोज दोस्रो सातासम्म कुल कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुराउन सफल भएको छ ।

त्यस्तै, एशोसियनले उपल्बध गराएको साप्ताहिक तथ्याङ्क भदौको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४२ अर्ब रुपैयाँले बढेको छ ।
भदौ मसान्तसम्म कुल ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका विकास बैंकहरुले असोज दोस्रो सातासम्म ४२ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
अहिले अधिकांश बैंकहरु कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमामा पुगिसकेका छन् भने कतिपयको सीमा पनि नाघिसकेको छ । यो अवस्थामा पनि बैंकको कर्जा लगानी भने बढिनै रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*