प्रुडेन्सियल इन्स्योरेन्सका सिईओ बीरकृष्ण महर्जनद्वारा राजिनामा

१९ आश्विन २०७८, मंगलवार १७:४६

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ बीरकृष्ण महर्जनले पदबाट राजिनामा दिएका छन् । उनले यही असोज १ गतेदेखि नै राजिनामा दिएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी स्रोतले जनाएको छ ।

सिईओ महर्जनले कार्तिक १ गतेबाट नआउने जानकारी सञ्चालक समितिलाई गराइसकेका छन् । कम्पनीले नयाँ सिईओ खोजी कार्य तीव्र पारिसकेको जानकारी प्राप्त भएको छ ।

सिईओको पदावधी सकिनै लाग्दा पदबाट राजिनामा दिएका हुन् । उनले राजिनामा दिनुको कारण खुलेको छैन । बीरकृष्ण महर्जनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा आठ वर्ष पूरा दुई महिना बाँकी हुँदा नै राजिनामा दिएका हुन् ।

सिईओ महर्जनले राजिनामा दिएको सम्बन्धमा कम्पनीका सूचना अधिकारी आनन्दबाबु खड्कासँग सम्पर्क गर्दा आफूलाई सो विषयमा कुनै जानकारी नभएको भन्दै अनभिज्ञता प्रकट गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*