थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि, १११४ जना संक्रमणमुक्त

१९ आश्विन २०७८, मंगलवार १७:२७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ११ हजार ५८२ जनामा पीसीआर र ४ हजार ४६० जनामा एन्टिजेन परीक्षण गर्दा सक्रमण पुष्टि भएको हो ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मूत्यु भएको छ भने १ हजार ११४ जना सक्रमणमुक्त भएका छन् । हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*