शिखर इस्योरेन्स सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१९ आश्विन २०७८, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा हरियाली छाउँदा सबैभन्दा बढी कारोबार हुने कम्पनीमा शिखर इन्स्योरेन्स कमपनी रहेको छ । कम्पनीको आज एकैदिन १३ करोड ६६ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, मेरोमाइक्रोफाइनान्सको ११ करोड ८६ लाख, हिमालयन डिस्टीलरीको ७ करोड ३४ लाख र सिटिजन्स बैंकको ६ करोड ७२ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*