अभियान लघुवित्तको दोस्रो बार्षिक साधारण सभाको मिति तय, यस्ता छन एजेण्डा

१९ आश्विन २०७८, मंगलवार ११:२२

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले दोस्रो बार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा काभ्रेपलान्चोक जिल्लाको पनौतीमा कात्र्तिक १३ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक बर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यस्तै, कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्ने बताएको छ । साथै कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने बिषयलाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*