गोर्खाज फाइनान्सको संचालक नियुक्त
१९ आश्विन २०७८, मंगलवार १०:४३
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक समिति चयन गरेको जनाएको हो ।
कम्पनीको असोज १८ गते सोमबार सम्पन्न २६ औं वार्षिक साधारण सभामा संस्थापक समूह तर्फ ३ जना र सर्वसाधारण समूहतर्फ ३ जना गरी कुल ६ जना संचालक समितको चयन भएको हो ।
संस्थापक तर्फ प्रेम बहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई निर्वाचित भएका छन् । साथै सर्वसाधारणतर्फ नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी मनोनय भएका हुन् ।