सात अर्ब ठगीको आरोपमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई सिआईबीद्वारा पक्राउ, यस्तो छ अभियोग

१९ आश्विन २०७८, मंगलवार ०७:४१

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ ।

सिभिल सहकारी सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका समेत अध्यक्ष रहेका तामाङसहितका एक दर्जन व्यक्तिहरुलाई हिजो काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरुलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिए।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । सिभिल सहकारीमा सर्वसाधारणले राखेको सात अर्बभन्दा बढि निक्षेप अध्यक्ष तामाङले हिनामिना गरेका थिए । सर्वसाधारणले राखेको निक्षेप आफैले ऋण लिएर घरजग्गामा लगानी गरी सिभिल बैंकमा समेत लगानी गरेका तामाङका विरुद्धमा लामो समयदेखि निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकेपछि पक्राउ गरिएको हो ।

हालसम्म तामाङका विरुद्धमा ४६ करोड रुपैयाँ मात्रै उजुरी परेकोले सो भुक्तानी गरेमा रिहा हुने भएका छन् । साथै सिभिल सहकारीबाट रकम पाउन नसकेका सबै निक्षेपकर्ताहरुलाई प्रहरी वा सहकारी विभागमा उजुरी दिएमा रकम पाउने सम्भावना रहेको छ । सिभिल ग्रुपका अध्यक्ष तामाङको सिभिल हाउजिङ, सिभिल बैंक, सिभिल लक्जरी अपार्टमेन्ट, सिभिल मल र सिभिल ट्रेड सेन्टर जस्ता मलहरु सञ्चालित छिन् ।

उनले सिभिल बैंकमा समेत करोडौं कर्जा हिनामिना गरेको आरोप लाग्दै आएको छ । औपचारिक छानविन नहुँदा कारवाहीबाट बच्दै आएका तामाङ सिभिल सहकारीको ठगी काण्डमा प्रहरी हिरासतमा पुर्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*