डिजिटल माध्यमबाट एमएमबि बैंकको खाता खोल्न सकिने

१८ आश्विन २०७८, सोमबार १६:२६

काठमाडौं । एनएमबि बैंक लिमिटेडको खाता खोल्ने प्रक्रिया पूर्ण रुपमा डिजिटल भएको छ । बैंकले ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले डिजिटल माध्यमबाट नै पूर्ण रुपमा खाता खोल्न मिल्ने सुविधा ल्याएको हो ।

बैंकले एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खाली कारोबार गर्न सकिने योजना ल्याएसँगै बैंकको सुरुदेखि अन्त्यसम्म खाता खोल्ने प्रक्रिया पूर्ण रुपमा डिजिटल भएको हो ।

ग्राहकहरुले अब भिडियो कल मार्फत अनलाईन नयाँ खाता खोल्न सक्नेछन् । साथै यस डिजिटल सेवा प्रयोग गरी ग्राहकले आफ्नो केवाइसी विवरणहरु अपडेट गर्न सक्नेछन् ।

भिकेवाईसीको लागि डिजिटल लिन्क

https://vcc.nmb.com.np

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*