नेप्सेमा दैनिक कारोबार खुम्चिँदै, ६ अंकको गिरावट आउँदा ३ अर्बमा मात्र कारोबार सिमित

१८ आश्विन २०७८, सोमबार १५:२१

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक शुन्य दशमलव २६ प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको कारोबार भएको छ । आइतबार ४ अर्बमा कारोबार सिमित भएकोमा आज साताको दोस्रो दिन सोमबार ३ अर्बमा मात्र कारोबार सिमित हुन पुगेको छ । पछिल्लो केही दिनयता दैनिकी रुपमा धितोपत्र बजारमा कारोबार खुम्चिँदै गइरहेको छ ।

त्यस्तै, नेप्से समूहमा रहेका १३ उपसूचक ४ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । होटल तथा पर्यटन, अन्य, लघुवित्त समूह र जीवन बीमा समूहमा आज हरियाली छाएको हो ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा यूनाइटेड मोदी हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदिन १२ करोड १२ लाख १६ हजार ७७४ रुपैयाँको कारोबार भएको हो । साथै आज ४ वटा कम्पनीको शेयरमा सर्किट लागेको । सर्किट लाग्ने कम्पीहरुमा आशा लघुवित्त, सर्पोट माइक्रोफाइनान्स लघुवित्त, मैलुङ खोला र मिथिला लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*