प्रिज्मा एड्भर्टाईजिङले ३० औँ वार्षिकोत्सव मनायो

१८ आश्विन २०७८, सोमबार १३:२९

काठमाडौँ । नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्यको एक प्रिज्मा एड्भर्टाइजिङले ३० औं वार्षिकोत्सव मनाएको छ ।

सोही वार्षिकोत्सवको अवसरमा एड्भर्टाइजिंगका सिइओ रञ्जीत आचार्यले कम्पनीप्रति सँधै विश्वास गर्ने सरोकारवालाहरु, साझेदारहरु तथा सम्पूर्ण प्रिज्मा परिवारको यस सफलतामा अहम भूमिका रहेको बताएका छन् ।

“हामीले यो स्थापनाकालको ३० वर्ष मनाइरहँदा, यसले मलाई एकछिन अडिएर, हामीलाई यस माइलस्टोनसम्म आइपुग्न मद्दत पुर्याएका सम्बन्धहरु र सपलताहरुको प्रतिबिम्ब गराएको छ ।” उनले भने, “हामीले हाम्रा उपलब्धिहरुको बावजूद कहिल्यै विश्राम लिएनौँ र सधैँ सफलताको होडबाजीमा लागि रहयौँ । हामीले हाम्रो यो उच्च मापदण्डहरुलाई कायम राख्न कडा मेहनत गरेका छांै र निकट भविष्यमा पनि हामीले आफुलाई अझै विकसित गर्दै आफ्नो स्थानलाई अझै बढाउन प्रतिबद्ध रहेका छौं ।”

प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो । त्यस यता लगातार अघि बढिरहेको प्रिज्माले सबै ग्राहकहरुसँग निकट सम्बन्ध कायम गर्दै सेवाको उच्च स्तरलाई कायम राखेको छ । साथै प्रिज्माले सन् २००४ देखि २००८ सम्ममा लगातार पाँच वर्ष उत्कृष्ट सम्मान समेत पाइसकेको छ । त्यस्तै, प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एण्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड ‘बेल रिङगर २०००’ समेत जितेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*