चाडपर्वलाई लक्षित गर्दै प्रभु क्यापिटलले ल्यायो १ रुपैयाँमा डिम्याट खाता खोल्ने सुविधा

१८ आश्विन २०७८, सोमबार १३:०१

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपालीहरुको महान पर्व दशैं, तिहार तथा छठ पर्वको अवसरमा ‘डबल धमाका’ अफर ल्याएको छ । क्यापिटलले असोज १८ गते देखि कार्तिक २५ गते सम्म लागू हुने गरी उक्त योजना संचालमा ल्याएको हो ।

उक्त अफर अन्तर्गत सेवाग्राहीले दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सक्नेछन् । साथै शेयर बजार सम्बन्धी निःशुल्क तालिम प्राप्त गर्न सक्नेछन् ।

क्यापिटलले संचालमा ल्याएको यस योजनामा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि १९९ रुपैयाँमा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ ।

साथै यसरी दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई क्यापिटलले प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई शेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गर्नेछ । जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । उक्त तालिम २ घण्टा देखि ३ घण्टाको हुने क्यापिटलले जनाएको छ ।

यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिपर्नेछ । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ ।

त्यस्तै, यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ । दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*