चन्द्रनिगाहपुरमा प्रभु लाइफको अभिकर्ता आधारभूत तालिम सम्पन्न 

१८ आश्विन २०७८, सोमबार १२:०५

काठमाडौं । प्रभु लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । कम्पनीले रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा उक्त तालिम सम्पन्न गरेको हो ।

कम्पनीको बरहथवा शाखाको आयोजनामा जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुरमा रहेको होटल ए एन प्लाजामा सम्पन्न भएको हो ।

प्रभु लाइफले जीवन जीवन बीमाको विभिन्न स्किमहरु सहितको सेवालाई ग्राहक वर्गको निम्ति सरल र सुलभ तरिकाले बीमा गर्दै आइरहेको आगामी दिनमा समेत ग्राहकको सुविधालाई मध्यनजर गर्दै सबैको रोजाइको पहिलो बीमा कम्पनीको रुपमा स्थापित गराउन आफुहरु लागिपरेको शाखा प्रमुख गौरव अधिकारीले बताए ।

अधिकारीका अनुसार कार्यक्रममा सहभागीहरुलाई बीमाको सामान्य नीति, नियम र बीमा किन र के को लागि गर्ने भन्ने कुरामा प्रशिक्षण दिइएको थियो ।

प्रभु लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड प्रदेश नं. २ का प्रमुख सुदिस्ट कुमार गुप्ताको प्रमुख आतिथ्यतमा सम्पन्न भएको उक्त कार्यक्रममा ७० जना भन्दा बढीले आधारभूत तालिम लिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*