श्री इन्भेष्टमेन्ट फाइनान्सको संचालकमा दिनेश राज जोशी

१८ आश्विन २०७८, सोमबार ११:३७

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संचालक नियुक्ती गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा दिनेश राज जोशीलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको असोज १७ गते बसेको ३०८ औं बैठकबाट संस्थाको संस्थापक शेयरधनी समूहतर्फ रिक्त रहेको संचालक पदमा काठमाडौं महानगरपालिका वडा नंं. ४ चुनदेवी काठमाडौंमा बस्ने जोशीलाई बाकी अवधिका लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*