नेपाल एन्भेष्टमेण्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा

१८ आश्विन २०७८, सोमबार ११:२३

काठमाडौं । नेपाल एन्भेष्टमेण्ड बैंक लिमिटेडले १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने भएको हो ।

बैंकको असोज १७ गते बसेको संचालक समितिले बैंठकले हाल कायम चूक्तापुँजीको १६ अर्ब २५ करोेड ७३ लाख २९ हजार ५ सय रुपैयाँको आधारमा ११ दशालव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजन ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामि साधारण सभाले पारित गरेपछि मात्र वितरण गर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*