१०.५२ लाभांश पारित गर्दै रुरु जलविद्युतको दुई आवको सभा सम्पन्न

१८ आश्विन २०७८, सोमबार ११:३९

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले १५ औं र १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको सभा असोज १६ गते शनिबार कम्पनीको रजिष्टार्ड कार्यालय हात्तिसार, काठमाडौंमा सम्पन्न गरेको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव र आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने पारित गरेको छ ।

साथै सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित, आ.व. २०७७।०७८ को लागि कम्पनी रजिष्टार्ड कार्यालयबाट नियुक्त लेखापरीक्षक एस.आर.पाण्डे एण्ड कम्पनीका एफ.सी.सि.ए. सुदर्शनराज पाण्डेलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले आगामी ४ वर्षका लागि कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने १ जना गरी कुल ६ जना संचालक समितिहरु निर्वाचित भएकोमा स्वतन्त्र विशेषज्ञ संचालक नियुक्तिको अनुमोदन गर्दै ७ सदस्यीय संचालक समिति गठन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*