लुम्बिनी विकास बैंकको ४६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१८ आश्विन २०७८, सोमबार १०:४६

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फका ४६ हजार १०९ कित्ता शेयर बिक्री गर्ने लागेकोे हो ।

संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेकोे शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले उक्त शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो । संस्थापक शेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र सम्पूर्ण कागजात खुलाई कम्पनीको मुख्य कार्यालय डिल्लीबजार काठमाडौमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*