एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

१८ आश्विन २०७८, सोमबार १०:३६

काठमाडौें । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीेले ३५ दिन भित्र सम्पूर्ण कागजात संकलन गरी कम्पनीको सचिवको कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*