थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ४०५ जना निको भए

१७ आश्विन २०७८, आईतवार १७:०३

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० जनामा गरिएको पीसीआर परिक्षणमा ५७४ र ३ हजार ८५० जनामा गरिएको एन्टिजेन परीक्षणमा १०५ जना गरी कुल ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशमा कोरोना संक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*