मैलुङ खोला हाइड्रोपावरको शेयरमा सर्किट, आज कसले कमाए, गुमाए ?

१७ आश्विन २०७८, आईतवार १५:२५

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ५५.९३ अकंले घट्दा कारोबार ४ अर्ब ११ करोडमा सिमित भएको हो ।

साताको पहिलो दिन मैलङु खोला जलविद्युत कम्पनीको शेयरमा सर्किट लागेको छ । साथै स्वाभिमान लघुवित्तकोे ६.०५ प्रतिशत अकं, सबैंको लघुवित्तको २.०८ प्रतिशत अकं, प्रिमियर इन्स्योरेन्सको १.७३ प्रतिशत अकं र माउन्टेन इर्नजीको १.५६ प्रतिशत अकंले वृद्धि भएको हो ।


त्यस्तै, आज गुमाउने कम्पनीहरुमा गुहेश्वरी मर्चेन्ट बैंकको ९.१९ प्रतिशत अकं, रैराङ हाईड्रोपावरको ९.१३ प्रतिशत अकं, माउन्टेन हाईड्रोको ८.५५ प्रतिशत अकं र चन्द्रगिरी हिल्सको ७.९९ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*