साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँको कारोबार भएको छ ।
आईतबार नेप्सेमा ५५ अंकको गिरावट आउँदा ४ अर्बमा कारोबार सिमित भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज एकैदिन १५ करोड ६ लाख १६ हजार २२१ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नेशनल हाइड्रोपावरको १४ करोड २४ लाख, रिडी हाइड्रोपावरको १४ करोड १० लाख, शिखर इन्स्योरेन्सको प्रो.शेयर १३ करोड ६६ लाख र हिमालयन डिस्टिलरीको १३ करोड ३६ लाख भन्दा माथिको कारोबार भएको छ ।
Tomorrow share price of all of these companies will go down. If any body can preserve the value of these shares then try it. You will fail.