२० निर्जिवन बीमा कम्पनीमा कृषि बीमा सम्बन्धी अनुगमन

१७ आश्विन २०७८, आईतवार १४:२१

काठमाडौं । बीमा समितिले २० निर्जिवन बीमा कम्पनीहरुमा गरेको कृषि बीमाको स्थलगत अनुगमको कार्यक्रम सम्पन्न गरेको छ। कृषि बीमा क्षेत्रमा निर्देशन विपरित कार्य भएमा कम्पनीहरुलाई कानुन बमोजिम कारवाही गर्ने बीमा समितिले जनाएको छ ।

बीमा समितिले यस बाहेक निर्जिवन बीमा कम्पनीको समेत स्थलगत अनुगमन गरिरहेको छ । स्थलगत अनुगमनमा बिशेष गरि बीमा कम्पनीले नै कृषि प्राविधिक राख्नुपर्ने, कृषि बीमामा काम गर्ने कर्मचारीहरुलाई उचित तालिमको व्यवस्था नभएको र निर्देशिकाको मात्तहतमा रहेर बीमा कम्पनीहरुले कामलाई निरन्तरता नदिएको कुरा भेटिएको समितिले जनाएको छ।

बीमा समितिले कृषि बीमा कम्पनीलाई जिल्ला नै तोकेर बीमा गराउन निर्देशन दिएको छ । बार्षिक रुपमा बिक्री गर्ने कूल व्यवसायको कम्तीमा ५ प्रतिशत बीमा तथा पशुपन्छीको हुनुपर्ने निर्देशनमा समेत उल्लेख रहेको छ। उक्त निर्देशका बमोजिम रहेर कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा गरे नगरेको सम्बन्धमा कारबाहिको प्रकृया समेत अघि बढाईने समितिले जनाएको छ। उक्त स्थलगत अध्ययनको प्रतिवेदन भने यसै साता आउने बीमा समितिले जनाएको छ। कृषि बीमाको दायरा गत आर्थिक बर्षको तुलनामा ६० प्रतिशतले बढेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*