२५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो सभा, बुकक्लोज कहिले ?

१७ आश्विन २०७८, आईतवार १४:०१

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५४ औं साधारण सभा आह्वान गरेको छ । कम्पनीले २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सभा डाकेको हो ।

कम्पनीको असोज १४ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक १६ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै सोही आवको वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा रहेका छन् ।

कम्पनीले लाभांश वितरण प्रयोजन र साधारण सभा प्रयोजनका लागि कात्तिक २ गते बुकक्लोजको मिति तोकेको छ । जसअुनसार कात्तिक १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य मानिनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*