४ कम्पनीको साधारण सभा भोलि हुँदै, कसले कति लाभांश दिँदै ?

१७ आश्विन २०७८, आईतवार १२:५०

काठमाडौं । चार अलग–अलग कम्पनीको वार्षिक साधारण सभा भोलि सोमबार हुने भएको छ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, नेपाल ल्यूब आयल लिमिटेड, सिद्धार्थ क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले असोज १८ गते साधारण सभा गर्ने भएको हो ।

नेपाल ल्युव आयल लिमिटेड
कम्पनीले सभा बिहान ११ बजे झम्सिखेल, ललितपुरमा भर्चुअल माध्यमबाट गर्नेछ । कम्पनीको संचालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सिद्धार्थ क्यापिटल
सिद्धार्थ क्यािपटलले सभा नारायणचौर, नक्सालमा सभा साँझ ४ गर्नेछ । सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफबाट शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश करसहित प्रस्ताव पारित गर्नेछ ।

बंगलादेश क्यापिटल
कम्पनीले तेस्रो वार्षिक साधारण सभा इन्द्रेणी फुडल्याण्ड काठमाडौंमा साँझ सवा ४ बजे गर्नेछ । सो सभाले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई असार मसान्तसम्म कायम चुक्तापूँजीको १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

गोर्खाज फाइनान्स
गोर्खाज फाइनान्सले वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु गर्नेछ ।कम्पनीको सो सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षि प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सभाले २०७७।०७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*