आरएसडिसी लघुवित्तको १०.५२ % लाभांश घोषणा

१७ आश्विन २०७८, आईतवार ११:२८

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको असोज १५ गते शुक्रबार बसेको संचालक समितिको १२० औं बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्तापूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ हजार ९७६ रुपैयाँ र कर प्रयोजनका लागि ०.५२६३% ले हुन आउने ३८ लाख ५२ हजार ४२० रुपैयाँ गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश संचालक समितिबाट पारित गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*