युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित गर्दै घोडीघोडा लघुवित्तको सभा सम्पन्न

१७ आश्विन २०७८, आईतवार ११:१७

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असोज १६ गते सम्पन्न भएको छ । लघुवित्तको विशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा सम्पन्न भएको हो ।

सभाले घोडीघोडा लघुवित्त युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित गरेको छ । सभाले घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर अनुपातमा मर्जर हुने प्रस्ताव पारित गरेको हो ।

दुई लघुवित्तबीच मजर्र हुने भएपछि २०७७ कात्तिक २३ गते देखि घोडीघोडाको सेयर कारोबार रोक्का गरिएको छ । घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले सर्वसाधरणमा शेयर जारी गरिसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*