साहस उर्जाको आईपिओ बाँडफाँड सम्पन्न, छ लाख ४० हजारले पाए १० कित्ता शेयर

१७ आश्विन २०७८, आईतवार ०९:३७

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० करोड रुपैयाँको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । आज विहान साहस उर्जाको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा साहस उर्जाको आईपिओ बाँडफाँड सम्पन्न भएको हो ।

साहस उर्जाको आईपिओ छ लाख ४४ हजार जनाले १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले निष्काशन गरेको कूल ७० लाख कित्ता मध्ये कर्मचारीलाई तीन प्रतिशत र सामूहिक लगानी कोषलाई पाँच प्रतिशत छुट्टाएर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता आईपिओ सर्वसाधारणलाई बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

गत असोज ६ गतेदेखि १० गतेसम्म आवेदन खुल्ला गरिएको सो आईपिओमा कूल २४ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका थिए । सो मध्ये १७ लाख भन्दा बढिको हात खाली भएको छ ।

साहस उर्जाको आईपिओ बाँडफाँडमा २ नम्वरको बल छनौट भएकोले सोही बमोजिम आईपिओ बाँडफाँड हुने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*