प्रभु बैंकको संस्थापक शेयरको आजदेखि लिलामीमा

१७ आश्विन २०७८, आईतवार ०९:१८

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरको आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।बैंकको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

उक्त शेयर खरीद गर्न योग्य विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असोज २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।उक्त शेयरको न्यूनतम मूल्य रू। २०५ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*