सम्पन्न क्यापिटलको साधारणसभा सम्पन्न, लाभाशं प्रस्ताव पारित र हकप्रद पनि जारी गर्ने
१६ आश्विन २०७८, शनिबार १६:३०
काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । सभाले २६।३१ प्रतिशत लाभाशं बाड्ने भएको छ। कम्पनीको असोज १५ गते बसेको पहिलो साधारणसभाले सेयरधनीलाई २६।३१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि जम्मा पूँजीको १।३१६ प्रतिशत नगद लाभाशं दिने प्रस्ताब पारित गरेको छ ।
त्यस्तै, संस्थाले पुरानै कार्यसमिति लाई अनुमोदन गरेको छ भने हकप्रद सेयर निस्कासन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिएको छ ।संस्थाले चालु आर्थिक बर्षमा पुँजी बृद्धि गर्दै लगानी ब्यवस्थापक र भेन्चर क्यापिटल सम्बन्धि कार्य गर्ने अनुमतिपत्र लिने र संस्थाले आगामी आर्थिक बर्ष भित्र पचास हजार डिम्याट खाता खोल्ने योजना बनाएको छ ।