चार वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको कति?

१६ आश्विन २०७८, शनिबार ०८:१४

काठमाडौं । हाल संचालनमा रहेका २७ ओटा वाणिज्य बैंकमध्ये चार  बैंकले शेयरधनीका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् । यी चार वाणिज्य बैंकले गत आर्थिक बर्ष २०७७र७८ को मुनाफाबाट यस वर्षका लागि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सानिमा बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र कुमारी बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् ।

यी चार वाणिज्य बैंकमध्ये सबैभन्दा बढी सानिमा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र ० दशमलव ८९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यस्तै, माछापुच्छ्रे बैंकले १३ दशमलव ३ प्रतिशत बोनस शेयर र ० दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यी चारओटै कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

यी चार ओटा कम्पनीमध्ये सिटिजन्स बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १५औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस आधारमा असोज २० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*