जोन डीयरद्धारा ५० एचपी एमएफडब्लुडिको ट्रयाक्टर नेपालमा सार्वजनिक, पहिलो ट्याक्टर किन्ने काका सम्मानित

१५ आश्विन २०७८, शुक्रबार १९:०२

काठमाडौं । अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लिले ५० एचपी फोर हवील ड्राइभ नया ट्रयाक्टर नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीले एक समारोहको बीच जोन डीयरको दश हजार औं नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको थियो । उक्त समारोहमा जेडिआईपीएलका बिक्री तथा मार्केटिङ निर्देशक सत्यन शाहले भने ‘हाम्रो किसानउपभोक्ता तथा नेपालको लागि आधिकारिक विक्रेता विवेक अटोमोबाईल्ससँगको लामो सहयात्रामा यो एकदमै ऐतिहासिक क्षण हुन आएको छ ।’ ट्रयाक्टरले नेपालका किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउन सहयोग गरेकोले एक पुस्ता मात्रै नभई पुस्ता देखि पुस्तासम्म जोन डियर ट्याक्टरले किसानको मन जितेको जानकारी दिइयो ।

कार्यक्रममा एमभी दुगड ग्रुपका मोतिलाल दुगड तथा विवेक दुगडको उपस्थितिमा नेपालमा पहिलो ट्याक्टर खरिद गर्ने कनक बहादुर क्षेत्री (काका), उनका भतिज जीत बहादुर बस्नेत र नाति दीपेश बस्नेतलाई सम्मान सहित उपहार प्रदान गरिएको थियो । कार्यक्रममा एमभी ग्रुपको विवेक अटोमोबाइल्सले पुस्तादेखि पुस्तासम्मको मन जित्न सफल भएकोमा गर्व महसुस गरेको जनाएको थियो ।

कार्यक्रममा जोन डियर इण्डियाका मार्केटिङ टिमलाई ढाका टोपीसहित सम्मान गरिएको थियो । जोड डियर ट्याक्टरले किसानको मन जित्दै १० हजार वटा ट्याक्टर बिक्री गर्न सफल भएको जनाइयो । विवेक अटो मोबाइल्सले आगामी दिनमा किसानलाई अझै राहत दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*