घोडीघोडा लघुवित्तको विशेष साधारण सभा आज, मर्जर प्रस्ताव मुख्य एजेण्डा
१६ आश्विन २०७८, शनिबार ०७:५४
काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारण सभा आज (असोज १६ गते) हुँदैछ ।लघुवित्तको विशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११.३० बसे सुरु हुनेछ । सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ ।सभाले घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर अनुपातमा मर्जर हुने प्रस्ताव पेश हुनेछ ।
दुई लघुवित्तबीच मजर्र हुने भएपछि २०७७ कात्तिक २३ गते देखि घोडीघोडाको सेयर कारोबार रोक्का छ । घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले सर्वसाधरणमा शेयर जारी गरिसकेको छैन ।