बीमा समितिले जारी गरेको नन् ट्यारिफ बीमाको न्यूनतम दररेटको इप्पानद्धारा विरोध

१५ आश्विन २०७८, शुक्रबार १८:३३

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बीमा समितिले केहि समयअघि जारी गरेको ‘नन् ट्यारिफ बीमाको न्यूनतम दर रेट’ को बिषयमा आपत्ति जनाएको छ ।इप्पानले आफूहरुलाई थाहा नै नदिई गुपचुपले गरिएको भन्दै इप्पानले आपत्ति जनाएको हो ।जलविद्युतमा १०औं खर्ब लगानी रहेका सरोकारवालाहरुको साझा संस्था इप्पानलाई थाहा नहुने गरी निर्जीवन बीमा कम्पनीको प्रभावमा परि निर्देशन जारी गरेको र यसको पछाडि दुषित मनसाय रहेको इप्पानको जनाएको छ ।

इप्पानले उक्त निर्देशनमा छानविन गरी छिटोभन्दा छिटो खारेज गर्न अर्थमन्त्रीलाई आग्रह गरेको छ । इप्पानले असोज १५ गते एक विज्ञप्ति जारी गर्दै अर्थमन्त्री जर्नादर्न शर्मासँग समक्ष प्रस्तुत गरेका छन् । कम्पनीहरुले निरन्तर रुपमा बुझाई रहेको भएतापनि क्षतिको दाबी पर्दा बीमा कम्पनीहरुबाट क्षतिको तुलनामा एकदम कम क्षतिपूर्ति पाउँदै आएका छौं ।

यो अवस्थामा बीमा समितिले पुरा क्षतिपूर्ति दिलाउन पहल गरि यो क्षेत्रलाई सहयोग गर्नुपर्ने समयमा मौसमविज्ञहरुको अध्ययन अनुसार सय वर्षको अन्तरालमा आउने बाढीले २०७८ आषाढ १ गते बागमती प्रदेश र गण्डकी प्रदेशका केही नदी बेशिन कोरिडोरहरुमा क्षति पुर्याएको दुहाई दिंदै बढि क्षतिपूर्ति दिनुपर्यो भन्ने बहानामा जारी असोज ६ गते गते बीमा समितिद्वार ‘मिनिमम प्रिमियम रेट फर नन् ट्यारिफ इन्स्योरेन्स बिजनेस’ निर्देशन घोर आपक्तिजनक र निन्दनीय भएको इप्पानको विज्ञप्तीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*