कामना सेवा विकास बैंकले सुरु गर्यो दृष्टि जगेर्ना अभियान

१५ आश्विन २०७८, शुक्रबार १७:३९

काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टि जगेर्ना अभियान सुरु गरेको छ । बैंकले बैंकिङ क्षेत्रमा नै पहिलो पटक दृष्टि जगेर्ना गर्न देशभरी चष्मा राखेर दृष्टि अभियान सुरु गरेको हो ।आज विश्व स्वास्थ्य संघले आखालाई माया गरौ भन्ने नारा सहित आँखा दिवस मनाएसंगै बैंकले नेपाल आँखा अस्पतालको सहकार्यमा दृष्टि जगेर्ना अभियान सुरु गरेको हो । आज बैंकको केन्द्रिय कार्यालयबाट सुरु गरेको अभियान अन्तर्गत ४० बर्ष माथिका छोटो दुरी वा लामो दुरीको दृष्टि नदेख्नेहरुका लागि बैंकले आफ्ना हरेक शाखा कार्यालयमा चस्मा राखिने जनाएको छ ।

धेरै ब्यक्ति बैंकिङ कारोबार गर्न आउदा चस्मा ल्याउन बिर्सेने र हस्ताक्षर बिग्रिने समस्या हुने भएकाले अब यो अभियानले ठुलो सहयोग गर्ने विश्वास बैंकले लिएको छ । उक्त अभियान पश्चात अब दृष्टि कमजोर भएका बैंकका ग्राहकहरुलाई बैंकिङ सेवा सुविधा लिन अझ सहज र सरल हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*