घोडीघोडा लघुवित्तको विशेष साधारण सभा भोलि, मर्जरको प्रस्ताव मुख्य एजेण्डा

१५ आश्विन २०७८, शुक्रबार १५:३८

काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारण सभा भोलि (असोज १६ गते) बस्दैछ ।लघुवित्तकोविशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११.३० बसे सुरु हुनेछ । सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ ।सभाले घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर अनुपातमा मर्जर हुने प्रस्ताव पेश हुनेछ ।

दुई लघुवित्तबीच मजर्र हुने भएपछि २०७७ कात्तिक २३ गते देखि घोडीघोडाको सेयर कारोबार रोक्का छ । घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले सर्वसाधरणमा शेयर जारी गरिसकेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*