सानिमा बैंकले दुई नयाँ शाखा बिस्तार

१५ आश्विन २०७८, शुक्रबार १५:२७

काठमाडौैं । सानिमा बैंक लिमिटेडले एकै दिन २ वटा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले आज ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा कार्यालय थप गरेको हो ।उक्त शाखा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा न २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सयुक्त रुपमा गरेको थिए ।

बैंकले स्थानिय क्षेत्रका बासिन्दाहरुलाई बैंकिङ पहुच पुराउने हित शाखा बिस्तार गरेको बैंकले जनाएको छ । सो शाखा कार्यालयहरुबाट सहज र सरल रुपमा बैंकिङ सेवा पुराउने विश्वास स्थानीयले गरेको छन् ।थप २ शाखा थप गरेसंगै अहिले बैंकले देशभर १०८ शाखा कार्र्यालय र ९७ वटा एटीएम निरन्तर बैंकिङ सेवा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*