इटहरीका सुनिल भुसालले जन्मदिनमा पाए बीमा पोलिसी उपहार

१५ आश्विन २०७८, शुक्रबार १४:०६

काठमाडौं । जन्मदिनको अवसरमा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ ।
यसैक्रममा इटहरी – २०, सुनसरी निवासी रीता भुसालले आफ्नो श्रीमान सुनिल कुमार भुसालको जन्मदिनको अवसरमा ५० लाख रुपैयाँको आइएमई लाइफको धनवर्धन जिवन बिमा पोलिसी प्रदान गरेका छन् ।

उक्त पोलिसी आइएमई लाइफ इटहरी शाखामा चिफ एजेन्सी मेनेजर नगेन्द्र कुमार श्रेष्ठ, मिना गुरुङ, कोमल सुनार लगायत अन्य अभिकर्ताहरुको उपस्थितिमा बर्थ डे केक काटेर हस्तान्तरण गरिएको थियो । र उक्त धनवर्धन पोलिसीको विशेषताको बारेमा चिफ एजेन्सी मेनेजर नगेन्द्र श्रेष्ठले स–विस्तार व्याख्या गरेका थिए ।

निज सुनिल कुमार भुसालले जन्मदिनमा पोलिसी उपहार पाउदा आफु खुशीले दंग भएको अनुभुती राख्दै उपहारको लागी श्रीमतिलाई धन्यवाद दिएका थिए । साथै आइएमई लाइफमा जिबन बिमा गर्न अरुलाई प्रेरित गर्ने शाखा प्रमुख बिकाश श्रेष्ठलाई बचन समेत दिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*